जाडो मौसम छालाका लागि निकै अप्ठेरो समय मानिन्छ । सही हेरविचार भएन भने छाला फुट्न थाल्छ । यो मौसममा छाला सुख्खा हुन्छ र सबैभन्दा बढी कुहिनो, घुँडा, कुर्कुच्चाजस्ता अंगमा प्रभाव देखिन्छ । छालारोग विशेषज्ञहरुले चिसो मौसमका छालाको समस्याबाट बँच्न पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नु सुझाव दिएका छन् । यसबाट शरीरमा नरमपना कायम रहन्छ र छाला सुख्खा हुनबाट जोगिन सकिन्छ । यस्तै, सकेसम्म कफी, चियाबाट टाढै रहनुपर्छ । किनभने, यी पेयपदार्थ छालाको सुन्दरताका लागि सहायक होइन । ग्रीन टी एक उपयुक्त विकल्प हो । यसमा भएको एन्टीअक्सिडेन्टले छालामा निखारता ल्याउन मद्दत गर्छ ।
जाडो होस् या गर्मी मौसम, छालाको सफाई अनिवार्य हुन्छ । सफा गर्दा पनि छालामा कडापन आउनुको अर्थचाहिँ प्रयोग गरिएको क्लिन्जर सही नहुनु नै हो । जाडोमा तेलआधारित क्लिन्जर प्रयोग गर्नुपर्छ किनभने यसले छाला नरम बनाइराख्न मद्दत गर्छ ।
जाडोमा प्रायजसो तातो पानीमा नुहाइन्छ । तर सकेसम्म तातोपानी प्रयोगबाट जोगिनुपर्छ । चिसोपानीमा नुहाउनु छालाका लागि फाइदाजनक हुन्छ । नुहाएपछि मोस्चराइजिङ आवश्यक हुन्छ, अन्यथा छाला फुट्न सक्छ । यस्तै, जाडोमा मानिसहरुले अत्यधिक प्रयोग गर्ने चिज हो हिटर । तर यसले छाला सुख्खा बनाउन सक्छ । यसैले हिटरनजिक धेरै समय नबसौं । यस्तै,महिलाहरु सुन्दर देखिन ब्लीचको प्रयोग गर्छन् । तर ब्लीच राम्रो रसायन होइन । यसले छालामा रहने प्राकृतिक तेललाई सोस्छ, जसले छालालाई असर पु¥याउँछ । यसको प्रयोग गर्नु राम्रो होइन ।
जाडोमा जतिबेर घाममा बसेपनि फाइदा हुन्छ भन्ने सोच अधिकांश मानिसको हुन्छ । तर यो सत्य होइन । गर्मीमा सनस्क्रीन लगाउनु जति आवश्यक हुन्छ, उति नै जाडोमा पनि । जाडोमा कुहिरो लागेको दिन सुर्यको किरण देखिँदैन । तर वास्तवमा सुर्यको हानिकारक पराबैजनी किरणले कुहिरो या बादल पार गर्दै छालालाई असर पु¥याउन सक्छ । यसैले घरबाहिर निस्कनुअघि शरीरमा स्नस्क्रीन लगाउनु आवश्यक हुन्छ ।
जाडोमा फल, बदाम, हरियो सागसब्जीको सेवन गर्नुपर्छ । यसले पाचनप्रणालीलाई मजबूत गर्छ । साथै, छालामा चमक पनि दिन्छ । छालालाई स्वस्थ राख्न गाजरको सेवन गर्नुपर्छ । यो भिटामिन एको उत्कृष्ट स्रोत हो । माछा, अंगुर, एभोकाडो, ब्रोकाउलीपनि छालाका लागि उपयोगी खाद्यपदार्थ मानिन्छ । एजेन्सीको सहयोगमा