टिकटक यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एप हो । यसले रातारात कसैलाई स्टार बनाएको छ । केहीलाई आफ्नो अभिनय देखाउन र आफ्ना कला, संस्कृति र संगीत प्रचार गर्न गतिलो माध्यम पनि बनिरहेको छ । तर, भारतको मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ ।
टिकटकमा अश्लील सामाग्री राखेको हुँदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई प्रतिबन्ध लगाउन आदेश दिएको हो । टिकटकमा अश्लील सामाग्री राखिएकै कारण इन्डोनेसिया र बंगलादेशमा भने प्रतिबन्ध लागिसकेको छ ।