विश्वकै सबैभन्दा ठूलो भनिएको विमानले पहिलो उडान गरेको छ । स्ट्रेटोलन्च नामक कम्पनीले निर्माण गरेको विमानले आइतबार पहिलो उडान गरेको हो ।
सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह-संस्थापक पल एलनले सन् २०११ मा उक्त कम्पनीको स्थापना गरेका थिए । यो विमानलाई सेटेलाइटको ‘लन्च प्याड’ का रूपमा तयार गरिएको छ । विमानको मुख्य उद्देश्य अन्तरिक्षमा सेटेलाइट छाड्नुअघि १० किमिसम्म उड्नु हो ।
विमानको पंखा ३ सय ८५ फिट लामो छ । यो परियोजना सफल भए अन्तरिक्षमा कुनै वस्तु जमिनबाट रकेटबाट पठाउँदा लाग्ने आर्थिक व्ययभारभन्दा सस्तो हुनेछ ।
विमानमा दुई एयरक्राफ्ट बडी छन् । जुन आपसमा जोडिएका छन् भने यसमा ६ वटा इन्जिन छन् । विमान आफ्नो पहिलो उडानमा १५ हजार फिट उचाइसम्म पुगेको छ । यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा मापन गरिएको छ ।
बीबीसी ।