भारतमा एप्पल र गुगल दुवैले टिकटकलाई आफ्नो एप स्टोरबाट हटाएका छन् ।
टिकटकले भिडियो बनाउने र सेयर गर्ने एप सञ्चालन गर्दै आएको थियो । मद्रास उच्च न्यायालयले त्यसलाई हटाउन आग्रह गरेपछि भारतको सूचना प्रविधि मन्त्रालयले एप्पल र गुगललाई पत्राचार गरी सो एप हटाउन आग्रह गरेको थियो ।
गुगलले मंगलबार टिकटक एप हटाएकोमा एप्पलले बुधबारबाट हटाएको बीबीसीले उल्लेख गरेको छ ।