अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समयअनुसार बिहीबार बिहान २:३१ मा प्रक्षेपण गरिएको हो ।
अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेले भर्जिनियास्थित नासाको ‘मिड-एटलान्टिक स्पेस्पोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुर्याउनेछ । नेपालसहित श्रीलंकाको बिहान २:१६ र जापानको ५:४६ मा पठाइएको छ ।