अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीलाई अमेरिकामै उत्पादन शुरु गर्न आग्रह गरेका छन्।
पछिल्लो समय चीनसँग ब्यापार सम्झौताका विषयमा टसल बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो आग्रह गरेका हुन्।
एप्पलले इलेक्ट्रोनिक्स बजारमा राम्रो प्रभाव जमाएको छ। यसकाे उत्पादन चीनमा हुँदै आएको छ।
शनिबार ट्वीट गर्दै ट्रम्पले एप्पलका सामाग्री महँगो हुन सक्ने बताएका छन्।
करका कारण मूल्य बढ्ने भएकाले चीनमा उत्पादन गर्नुको साटो अमेरिकामा उत्पदान गर्न भनिएको हो।
ट्रम्प आर्थिक क्षेत्रमा उदयमान शक्ति राष्ट्रहरुलाई अमेरिकाले दिइने सहुलियत पनि रोक्ने मनस्थीतिमा पुगेको जनाइएको छ।
पछिल्लो समय विश्व व्यापार संगठन डब्लूटीओको पनि आलोचना गर्दै आएका ट्रम्पले चीनलाई त्यसको सदस्य बनाएर विश्वकै आर्थिक शक्तिशाली बन्ने मौका दिएका