अनुसन्धानकर्ताहरुले मंगल ग्रहमा तरल पानीको अस्तित्व पत्ता लगाएका छन् । मंगलको दक्षिण ध्रुवीय हिउँले ढाकिएको क्षेत्रमा तलाउको रुपमा रहेको पत्ता लागेको हो । २० किलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल हिउँको सतहभन्दा एक किलोमिटर तल भेटिएको हो ।
यसअघि मंगलको धरातलमा पानीको सम्भावित चिन्हमात्र प्राप्त भएका थिए ।
पानीकै प्रमाण प्राप्त भएको यो पहिलोपटक हो । नासाको क्युुरियोसिटी रोभरले पाएको यो तथ्यअनुसार विगतमा मंगलको सतहमा पानी रहेको विश्वास गरिएको छ । तर समयक्रममा मंगलको जलवायु झन् चिसो भयो । जसको परिणामस्वरुप सतहमा रहेको पानी हिउँमा परिणत भयो ।
मार्सिस मार्स एक्सप्रेस नामक राडारको मद्धतले यो खोज सम्भव भएको बताइएको छ । अध्ययनको नेतृत्व गरेका इटालियन नेशनल इन्सिच्युट अफ एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरोसेईले भनेका छन्, ‘सम्भवतः मंगलमा ठूलो ताल हुन सक्छ ।’
यद्यपि राडारले पानी कति गहिराईमा छ भनेर पत्ता लगाउन सकेको छैन ।
नयाँ अनुसन्धानले मंगलमा पानीको रहेको पत्ता लागेपनि जीवनको सम्भावनाका बारेमा भन निष्कर्षमा पुुगिएको छैन । स्रोत : बीबीसी
थप तस्बिर हेर्नुहोस्