मानव शरीरको प्रतिरोधी प्रणालीलाई प्रयोग गरेर क्यान्सरलाई निष्प्रभावी बनाउने नयाँ विधि खोज गरेवापत दुई वैज्ञानिकलाई यसवर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको छ ।
अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानका तासुुकु हान्जुलाई नोबेल पुरस्कार दिइएको हो । उनीहरुको उपचार विधिलाई चेकप्वाइन्ट थेरापी भनिएको छ । स्वीडिस एकेडेमीले इम्युन चेकप्वाइन्ट थेरापीले क्यान्सरको उपचारमा निकै क्रान्तिकारी परिवर्तन ल्याएको बताएको छ । विशेषज्ञका अनुसार यो विधि निकै प्रभावी साबित भएको छ । पुरस्कारको राशी १.०१ मिलियन डलर छ ।
पुरस्कार स्विकार गर्दै प्राध्यापक तासुकुले इम्युन थेरापीले बढीभन्दा बढी क्यान्सरका बिरामीलाई बचाउन सकोस् भनेर आफ्नो अनुसन्धान जारी राख्ने बताए ।