चुरोट त यसै धूमपान भइहाल्यो। मानवस्वास्थ्यका लागि हानिकारक। यसको ठुटा समेत त्यस्तै खराब चिज हो। जो कुहिन १० देखि १२ बर्ष सम्म लाग्छ। यसले पृथ्वीको माटो विगार्छ र उत्पादनशील क्षमतासमेत घटाईदिन्छ।
तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्।
यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो।यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ।