स्वीडेनका अनुसन्धानकर्ताहरूले ‘साइबर गुलाब’ विकास गरेका छन्। उनीहरूले बिरुवालाई आवश्यक पर्ने पोषकतत्त्व र पानी प्रवाह गर्ने नशा प्रणालीको विकल्प पनि तयार पारेका छन्। वैज्ञानिकहरूले यो साइबर बिरुवाको नयाँ प्रजातिको रूपमा हुन सक्ने र कम्प्युटरलाई दिइएको निर्देशनमार्फत यसको रंग पनि परिवर्तन गर्न सकिने बताएका छन्। ल्याबोरेटोरी फर अर्गानिक इलेक्ट्रोनिक्सका अनुसन्धानकर्ताहरूले गुलाबले सोस्दा हाइड्रोजेलमा परिवर्तन गर्न सघाउने पोलिमर पेडोट–एस नामको तत्त्व पनि पत्ता लगाएका छन्। नशा प्रणालीभित्र पोलिमर पातलो झिल्लीको रुपमा रहेको हुन्छ। जब विद्युुतको भोल्टेज दिइन्छ, पोलिमर गुलाबको आइकनसँग अन्तक्र्रिया गर्छ र रंग पनि परिवर्तन हुन्छ। लिनकोपिङ युनिभर्सिटी ल्याबोरेटोरी फर अर्गानिक इलेक्ट्रोनिक्सका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक म्याग्नस बर्गिनले यो अनुसन्धानको निष्कर्ष वास्तविक बिरुवा रोप्ने कार्यमा पनि काम लाग्ने आशा व्यक्त गरे। बर्गिनलाई यो अनुसन्धानका लागि नुट एन्ड एलाइस वालेनवर्ग फाउन्डेसनले सन् २०१२ देखि नै आर्थिक रूपमा सघाएको थियो। अर्का अनुसन्धानकर्ता रोजर ग्याब्रिएल्सनले पोलिमर पेडोट–एस हाइड्रोजेलमा परिवर्तन गर्न सकिने पत्ता लगाएका थिए।