रोबोटिक्स क्ल्ब पुल्चोक क्याम्पसले अायाेजना गरेकाे अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता सकिएकाे छ।
एसिय प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रूस लगायतका बिभिन्न २० राष्ट्रहरुको सहभागितामा आगस्ट २५ मा भियतनामको निङबिङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपालले पनि आफ्नो दह्रो उपस्थिति जनाउने तयारी गरेकाे छ।
उक्त प्रतियोगिताको पूर्वअभ्यासका रुपमा यो प्रदर्शनी गरिएको हो। ईन्जिनियरिङ अध्ययन संस्था पुल्चोक क्याम्पसको रोबोटिक्स क्ल्बबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थीहरुको समूहकाे टाेली प्रस्थान गर्दैछ।
एक स्वचालित र एक मानव सञ्चालित रोबोट रहने यस प्रतियोगितामा रोबोटहरुले सहकार्य गरी कपडाका गोलाहरुलाई पोलमा रहेको गोलो घेराभित्र छिराउनु पर्नेछ।
यसअघिका प्रतियोगिताहरुमा पनि दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गर्दै आएको र बिभिन्न समयमा विभिन्न अवार्डहरू जितेको नेपाली टोली समक्ष प्रतियोगिता नै जित्नपर्ने चुनौती छ।
रोबोट प्रदर्शनीमा ईञ्जीनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. त्रीरत्न बज्राचार्यले शुभकामना साथै प्राज्ञिक क्षेत्रमा अनुसन्धानको महत्वबारे प्रकाश पारेका थिए।