मोवाईलमा चार्ज नभएर हैरान हुनु भएको छ? छ भने यसबारे अब तपाईले चिन्ता लिनु पर्दैन।
बैज्ञानिकहरुले कपडामा राखेर मोवाईल तथा ट्याबलेट चार्ज गर्ने प्रविधिको विकास गरेका छन्। इंग्ल्याण्डको नटिंघम टे«ण्ट युनिभर्सिटीका वैज्ञानिकहरुले बनाएको सोलार प्यानल कपडामा राख्न मिल्ने खालको छ।
मोवाईलको चार्ज सकिनासाथ सोलार प्यानलको डिभाईस पकेटमा राखेपछि आफै चार्ज हुनेछ। यसलाई वैज्ञानिकहरुले ‘चार्जिङ डक’ नाम दिएका छन्। वैज्ञानिकहरुका अनुसार एउटा फोन चार्ज गर्न २ हजार प्यानल चाहिन्छ। पुरा प्यानलको आकार ३ सेन्टिमिटर लामो र १.५ मिमी चौडा हुनेछ।
यसले पकेटमा पावर बैंक जसरी काम गर्ने पनि जनाइएको छ। यो प्यानललाई चार्ज गर्न पनि धेरै झमेला नहुने वैज्ञानिकहरुले दावी गरेका छन्।
कपडामा रहेको प्यानल धुँदा पनि नबिग्रने गरी बनाइएको छ।
वैज्ञानिक तिलक डियासका अनुसार यसरी कपडामै सोलार प्यानल राख्दा हाइटेक कपडा लगाउन प्रेरित गर्न सजिलो हुनेछ। वायरलेस चार्जिङ १९औं शताब्दीमा क्रोएशियाका वैज्ञानिक निकोला टेस्लाले आविश्कार गरेका थिए। उनका अनुसार इलेक्ट्रम्याग्नेटिकका माध्यमबाट पावर ट्रान्सपर गर्न सकिन्छ।