प्रागऐतिहासिक कालदेखिको नेपाल भारत बीचको अक्षुण सम्बन्ध रहिआएको छ। जुन सम्बन्धलाई भारत सरकार र राणा सरकारबीच सन् १९५० मा भएको सन्धिदेखि गलत भए सुल्झाउनुको साटो बल्झाएर झन् तितो र अमिलो बनाउने खेलहरु अद्यपि हुँदै आएका छन्। खासगरी २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तार र सत्ता भ¥याङका लागि भारतविरुद्ध यस्ता अतिरन्जित गतिविधि गर्दै आइरहेको छ । सिद्धान्त र बिचार मिलेकै आधारमा नेपालका कम्युनिस्टहरुले चीनलाई मित्रशक्ति र भारतलाई शत्रुशक्तिका रूपमा आँकलन गर्नु उनीहरुका लागि मात्र होइन, नेपालका लागि समेत हितकर मान्न सकिदैन र हुँदैन पनि।
कुनैबेला बिश्व राजनीतिमा कट्टर साम्यवादी रसिया र कट्टर प्रजातान्त्रिक भारत एकार्काका परिपुरक असल मित्र थिए। नेपालको चीनसँगको मित्रता केबल जोडिएको सीमाना हो भने भारतसँगको मित्रता सिमानामात्र नभएर धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, भाषिक दृटिकोणबाट पनि रहि आएको छ। जुन सम्बन्ध कुनै परिघटित सन्धि सम्झौताबाट निर्मित नभै सनातन धर्म परम्पराबाट स्वतः सिर्जित हो। तसर्थ नेपाल भारतको यो पौराणिक सम्बन्धलाई चाहेर पनि कसैले टुटाउन सक्दैन। बरु दुई देशबीच युद्ध होला सम्बन्ध बिच्छेद हुन सजिलो छैन।
नेपाली समाजमा एउटा प्रचलित उखान छ “हानि न त पनि आमै भली“ अर्थात् जति कुटे पनि आमा जस्तो भलो अर्को हुँदैन। नेपालका लागि भारत त्यही आमाको भूमिकामा छ। यसो भन्दै गर्दा ऐलेको खाँटी राष्ट्रबादी कहलिएको युवा जमात राष्ट्रबादको मुखुण्डो उफार्न कति तम्सिएला त्यतातिर नजाऔं। नेपालका कम्युनिस्टहरुले यस परिस्थितिलाई राम्ररी बुझेका छन्। तर पनि भारतप्रति उनीहरुको कार्यशैली ठिक बिपरित र अतिशय देखिन्छ। यसकारण भारतलाई हद भन्दा बढी चिढ्याउने र बिच्क्याउने काम हुँदै आएका छन्।
अर्को, हाम्रा दुबै छिमेकी मुलुक चीन र भारतलाई हेर्ने दृष्टिकोणमा पनि कम्युनिस्ट सरकारले बिभेदपूर्ण नीति अपनाएका कारण नेपाल भारतबीचको चिसोपना ह्वात्तै आकासियो। सन् १९५० को सन्धिदेखि यताको इतिहास मात्र केलाउने हो भने नेपालमाथि भारतको हस्तक्षेपकारी नीति रहदै आएको छ। चीन तटस्थ र मौन देखिएको छ। तर आम जनसमुदाय र बिश्व जगतलाई नेपालप्रति चीन उदार र भारत कडा जस्तो लाग्छ होला यो बिल्कुल होइन। नेपालका सिमाविद, इतिहासकार, भूगोलविद, राजनीतिक नेतृत्व, अध्येताहरुले खुल्ला सिमानाको फाइदा उठाउदै भारतको खेदो खनेको र बन्द सीमाना भएको चीनप्रति कुनै चासो नदेखाएका कारण चीन नेपालप्रति उदारजस्तो देखिएको मात्र हो चीनको अन्तर्य भने अर्कै र डरलाग्दो खालको छ। नेपालले तिब्बतसँग गरेको पहिलो युद्ध बि.सं. १८४६ देखि हालसम्म नेपालप्रति चीन कहिल्यै उदार भएको इतिहास छैन। बरु मित्र जस्तो भएर नेपालको नाडी छामिरहेको छ।
सन् १९६६ मे १६ देखि सन १९७६ सम्म करिब १० बर्ष माओको नेतृत्वमा ६० हजार चिनियाँ नागरिकलाई संहार गर्ने गरी भएको चिनियाँ साँस्कृतिक क्रान्ति पश्चात् स्वशासित राज्य तिब्बत चीनमा विलय भयो। चीनले अत्यन्तै क्रुर र अमानवीय रक्तपातपूर्ण क्रान्तिबाट तिब्बतमाथि कब्जा जमायो। त्यतिबेला चिनियाँ मुलका धार्मिक गुरुहरु स्वतन्त्र तिब्बतमा शासन गर्थे। तत्समयमा पनि नेपालप्रति चीन क्रुद्व र असहिष्णु नै थियो भन्ने कुरा निम्न प्रमाण र तथ्यहरुले प्रष्ट पार्दछन्। भाषा, भेष, सँस्कार र सँस्कृति मिल्ने तिब्बतियनको नरसंहार गर्ने चीन नेपाललाई मित्र ठान्छ भनी बिश्वास गर्नु कति जायज होला? बि.सं. १८४६ मा नेपाल तिब्बत युद्ध नेपालसँग सीमा जोडिएको तिब्बतसँग नेपालले केही ब्यापारिक सन्धि गरेको थियो। तर त्यो सन्धिको तिब्बतले कुनै वास्ता गरेन। उल्टै हेपाहा प्रवृत्ति देखाउन थाल्यो। नेपाल तिब्बतको यस्तो कपटपूर्ण व्यबहारबाट रुष्ट भै अन्ततः युद्ध गर्नु प¥यो। युद्ध किन गर्नु प¥यो तिब्बतले किन यो अबस्था सिर्जना ग¥यो भन्ने केही कारण यस्ता छन्।
क)मुद्रा सम्बन्धीः मल्लकालमा प्रचलनमा ल्याइएका मुद्राहरु सक्कली र नक्कली भन्ने बिबाद उठे पनि ब्यापार चलि नै रहेको थियो। पछि राजा प्रतापसिंह शाहको पालामा आएर सो मुद्रा बिबाद सुल्झाउने काम भयो। शुद्ध टक र अशुद्ध टक उल्लेख गरी टकको चास्नी, टक मास्ने वा नक्कल गर्ने कुरा सन्धिमा उल्लेख गरियो। तर त्यो सन्धिलाई पनि तिब्बतले पूर्णरूपमा उलंघन ग¥यो। कुनै हालतमा समझदारीमा नआएपछि नेपालले युद्धको बाटो रोज्नु प¥यो।
ख)एकलौटी रूपमा तिब्बतले ब्यापारिक मार्ग खोल्नुः राजा प्रतापसिंह शाहकै पालामा रसुवाको केरुङ र कुतिको बाटो हुँदै ब्यापारिक मार्ग खोल्ने एक अर्को सन्धि भयो। तर तिब्बतले त्यस सन्धिको पनि पुरै बेवास्ता गरी भारतसँग ब्यापार गर्न एकतर्फी रूपमा सिक्किमको मार्ग खोल्यो र त्यसबाट नेपालको अपमान मात्र भएन ब्यापारमा पनि ठूलो घाटा ब्यहोर्नु प¥यो।
ग)शमार्पा लामा काण्डः तिब्बत सम्राटबाट शमार्पा लामाले अंश नपाउने र सुरक्षा समेत नहुने देखेपछि तासिलम्पुको अपार सम्पत्तिसहित १४ जना समर्थकका साथ नेपालमा शरण लिन आए। नेपालले लामालाई शरण दियो र त्यही झोकमा तिब्बतले नेपालसँगका सबै ब्यापारिक मार्ग बन्द गरी सम्बन्ध बिच्छेद ग¥यो।
यसरी तिब्बतले नेपालमाथि पटकपटक घात गरेको र हेपाह प्रवृत्ति देखाउदा असह्य भई बहादुर शाहले बि.सं.१८४६ मा तिब्बतमाथि आक्रमण गरे। त्यो युद्धमा नेपालले चीनको केरुङ, कुति र शिकारजुङ भूमि कब्जा ग¥यो। यो युद्धमा तिब्बत पराजित भयो। पछि बाध्य भएर सन् १७८९ मा केरुङ सन्धि भयो। केरुङ सन्धिमा तिब्बतले नेपाललाई बर्षेनी किस्ता बुझाउने उल्लेख गरियो। केरुङ सन्धि अनुसार तिब्बतले नेपाललाई एक किस्ता बाहेक अरु बुझाएन। यहाँ पनि बदमासी ग¥यो। फेरि नेपाल तिब्बत बीच दोस्रो युद्ध भयो। यो युद्धलाई नेपाल चीन युद्ध भनिन्छ।
दोस्रो युद्धमा भने तिब्बतले चीनसँग सैन्य सहयोग माग्यो। चीनले फुक्याङको नेतृत्वमा नेपालसँग लड्न ठूलो फौज पठायो। यो फौज बहादुरीसाथ लड्दै उपत्यका छिर्नै लाग्दा दामोदर पाँडेको बुद्धिमत्ताले आफू हार खाएको बाहना गरी सन्धि गर्न नुवाकोटको बेत्रावतिमा चिनियाँ फौज पठाए। त्यही मौकामा ढुकेर बसेको गोर्खाली फौजले आक्रमण गरी धुलोपिठो बनाए। अन्ततः सन् १७९२ मा नेपाल र चीनबीच बेत्रावती सन्धि भयो।
यसकारण माथिका युद्ध, लडाइँ, घटना र परिघटनाले के कुरा स्पष्ट पार्छ भने चीनको नेपालप्रति हेर्ने दृष्टिकोण न हिजो उदार थियो न आज छ। यदि हुन्थ्यो भने २०७२ सालमा भारतसँग लिपुलेकमा ब्यापारिक सन्धि गर्दा किन जानकारी गरइएन ? राजा ज्ञानेन्द्रले शासन चलाउदा लाजिम्पाटमा रहेको दलाइ लामाको सम्पर्क कार्यालय किन बन्द गराइयो? तेल उत्खनन् गर्ने नाममा दैलेखका अखण्ड ज्वाला किन भत्काइदैछन् ? पछिल्ला घटनालाई हेर्ने हो भने पनि चीनले कतै न कतै चोट पु¥याएकै छ। तर नेपालका कम्युनिस्ट शासक चीनको गल्तिलाई ढाकछोप गर्ने र भारतको गल्तिलाई पहाड बनाउन उद्दत छ। भरखरै चीनको एउटा सँस्थाले सगरमाथा हाम्रो हो भन्यो सरकार बोलेन। सिंहदरबार अगाडि सुरक्षाकर्मी रगताम्य हुने गरी कुटिए सरकारले आँखा चिम्ल्यो।
यतिमात्र होइन चीनले नेपालको सीमा पनि अतिक्रमण गरेको छ। तर सरकार बेखबर छ। चीनले अतिक्रमण गरेको नेपाली भूमि हुम्ला जिल्लाको भाग्दारे खोलामा २ हेक्टर, रसुवा जिल्लाको सम्जेन खोलामा १ हेक्टर, जवमु खोलामा ३ हेक्टर, भुर्जुगा खोलामा १ हेक्टर, लेन्छे खोलामा १ हेक्टर, सिन्धुपाल्चोक जिल्लाको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, सम्जुङ्गखोलामा ३ हेक्टर, संखुवासभा जिल्लाको कामु खोलामा २ हेक्टर, अरुण खोलामा ४ हेक्टर जमिन अतिक्रमण गर्दा पनि सरकार बोल्दैन। ( स्रोत नयाँपत्रिका)
राष्ट्र के हो? राष्ट्रियता के हो? सार्वभौमिकता र स्वाधीनता के हो? के हाम्रो राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामाथि भारतले मात्रै धावा बोलेको छ ? हजारौं जना मान्छे र एकजना चाहिँ मान्छे होइन? हजारौं बिघा मात्रै देशको माटो र एक धुर चाहिँ देशको माटो होइन? भारतले सन् १९६२ देखि कब्जा गरेको लिम्पियाधुरा सहितको भूमि सबै नेपाली एक भएर नेपालको नयाँ नक्सामा समेटे अब यसरी नै यो भूमिको पनि सवाल उठाउनुपर्छ। भारतलाई गाली गरेर नथाक्ने र चीनलाई परमपुज्य ठान्ने नेकपाका स्वनामधन्य नेताहरू २०७२ मा लिपुलेक सन्धिमा के हेरेर बसेका थिए? किन बिरोधका स्वर गुन्जिएन? त्यहाँ पनि दोष भारतकै?
अन्तमा नेपाल उहिल्यैदेखि स्वतन्त्र, सार्वभौम, अबिभाज्य र स्वाधीन राष्ट्र हो। चीनसँग युद्ध जितेको र बृटिशसँग सम्झौता गरेर आफ्नो भूमि जोगाएको स्वर्णिम इतिहास छ। हामी नेपाली न भारतका गुलाम हौ न चीनका। न केपी ओली प्रबृत्ति न सरिता गिरि प्रबृत्ति। हामी सार्वभौम र स्वाधीन नागरिक हौं। यो आलेख भारतको प्रशस्ती गाउँन र चीनको खोइरो खन्न लेखिएको कदापि होइन। तथापि नेकपा र नेकपा सरकारको चीन र भारतलाई हेर्ने पक्षपाती नीतिका कारण उब्जिएका प्रश्नको संक्षिप्त जवाफ मात्र हो। एउटै ओछ्यानमा सुतेपछि अबश्य पनि गोडा लाग्छ। यसको समाधान युद्ध होइन संवाद हो। अर्को पनि भनाइ छ “फेरमा फोहोर लागे पखाल्ने हो काट्ने होइन।“ यहाँ युद्ध निम्त्याइदैछ र फेर काटिदैछ। यो पनि सत्य हो नेपाल कुनै पनि युद्ध जित्दैन। नेपालले जित्ने भनेकै युद्ध संवाद हो, बार्ता हो। कुटनैतिक पहल हो। केही लिने र केहि दिने हो। जसले जति ठूला कुरा गरे पनि यथार्थ यही हो। नेपालका कम्युनिष्टहरु जानिनजानी भारतलाई चिढ्याएर चीनलाई खुशी पारिरहेका छन्। चीनले पनि राम्रोसँग औकात बुझेका यिनीहरुको मज्जैले उपयोग गरिरहेको छ।
अढाई सय बर्ष पहिले पृथ्वीनारायण शाहले भारत र चीनको राजनीतिक चरित्र र मनोबिज्ञान बुझेर नै गम्भीर विश्लेषण गरेका थिए। आजका महाराजाहरुले त्यसलाई उपेक्षा गर्दै नयाँ शिराबाट जानुपर्छ भन्ने बाटो अबलम्बन गर्न खोज्दा देशको भूभाग उत्तर दक्षिणबाट झन्झन् खुम्चिदै आएको छ। यो दुर्भाग्यपूर्ण अवस्था हो। “जुन थालमा भात खायो त्यही थालमा चुठ्ने“ प्रवृत्तिलाई कम्युनिस्ट शासकले परित्याग गरेर सिक्किम खाने भारतलाई बिस्तारबादीको धारेहात लाउने र तिब्बत खाने चीनलाई राष्ट्रबादीको पगरी बेर्ने होइन कि दुबै देशलाई बराबर सम्मान, बराबर हैसियत र बराबर व्यबहार गरेर अगाडि बढ्दा हामी सबैको हित होला। होइन भने मेरा अनन्य मित्र पूर्व एसएसपी योगेश्वर रोमखामी मगरले भनेझैं कालान्तरमा नेपालको पहाडी भूभाग चीनले र तराईको भूभाग भारतले सल्लाह गरेर बाडिचुडी लिन बेर छैन। समयमै सबैको चेत खुलोस्।