पुस दोस्रो साता काठमाडौंमा नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएपछि केन्द्रीय सदस्य फरमुुल्ला मन्सुर र म मुुस्लिम संघको जागरण अभियानमा निस्केका थियौं। कांग्रेसलाई मुस्लिम समुदायले कसरी हेरेका छन् भनेर मिहिन ढंगबाट बुझ्नु यो अभियानको मुख्य उद्धेश्य थियो।
गण्डकी प्रदेशबाट शुरु भएको जागरण यात्रा स्याङ्जा, बुटवल, कपिलबस्तु हुँदै नेपालगञ्ज पुगेर टुंगिएको थियो। त्यसक्रममा मुस्लिम समुुदायका सदस्यहरुसंग हामीले अन्तरक्रिया पनि ग¥यौं। बिभिन्न पार्टी परित्याग गरी कास्कीबाट २ सयजना र बाँकेबाट ३५० जना नेपाली कांग्रेसमा प्रबेश गरे।संघीय समाजबादी फोरम, नेकपा, राप्रपा लगायतका दलका स्थानीय तहको नेतृत्वदायी भूमिकामा रहेका यी नेताहरुको पार्टी प्रबेशले ती क्षेत्रमा एक किसिमको लहर ल्याएको छ।
कांग्रेसको सदस्यता लिएका ती नेता तथा कार्यकर्ताहरु कसैको लोभ, लालच, डर, धाक धम्कीका कारण नभई स्वस्फूर्त रुपमा कांग्रेस प्रबेश गरेका हुन्। बर्तमान अबस्थामा सत्ताको राप र ताप छाडेर बिपक्षीको भूमिकामा सीमित कांग्रेसमा ठूलो संख्यामा मुस्लिम सुमदायका अगुवाहरु प्रबेश गर्नुको मुख्य कारण भनेको कांग्रेसप्रतिको आस्था र मुस्लिम संघको जागरण अभियान नै हो।
हुन त हिजोका दिनमा पनि कांग्रेसप्रति मुस्लिम समुदायको आकर्षण नभएको होइन, आकर्षण थियो नै। पछिल्लो समय कांग्रेसले महासमिति बैठकबाट आफ्नो बिधानमा देशको संबिधानमा उल्लेख गरिए अनुुरुप समाबेशी सिद्धान्तलाई पूूर्णरुपले लागू स्वीकारेपछि मुस्लिमहरु असाध्यै उत्साहित भएका छन्। मुस्लिम बस्तीमा कांग्रेस नेताहरु पुगेर नेतृत्व दिउन् भन्ने उनीहरुको आशा छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता बढाउनका लागि नेपाल मुस्लिम संघको अध्यक्षका नाताले मलाई निर्देशन दिनु भएको छ। अब मेरो ध्यान क्रियाशील सदस्यता बढाउनमा केन्द्रित हुनेछ। म त भन्छु, यसका लागि जातीय, भातृ संगठनलाई क्रियाशील बनाउने जिम्मा सम्बन्धित समुदायलाई नै दिनुपर्छ। यसो हुँदा मुस्लिम, थारु, आदिबासी, जनजाति, मधेशी लगायतका सबै बर्ग र समुुदायमा एक किसिमको उत्साह आउनेछ। बिगतमा क्रियाशील सदस्यता बितरणमा काखा र पाखा गर्दा आजीवन कांग्रेसलाई भोट हालेकाहरु समेत क्रियाशील सदस्यता पाउनबाट बंचित भएका छन्।
क्रियाशील सदस्यता बाड्न तल्लो तहमा पुुगेपछि तेरो र मेरो नाममा हुने गरेका खुराफातका कारण यस्तो समस्या आएको हो। मैले जित्नुपर्छ भन्ने आत्मकेन्द्रित सोच बिर्सेर कांग्रेसले जित्नुपर्छ भन्ने भाबनालाई हरेक नेता तथा कार्यकर्ताले मनन गरेर व्यबहारमा लागू गर्न सक्नुपर्छ। क्रियाशील सदस्यतालाई आम कार्यकर्ताको पहुँचमा पु¥याउँनै पर्छ, यसो भएमा कांग्रेसलाई कसैले पनि पछाडि पार्न सक्दैन।
सरकारले लोकतान्त्रिक पद्धतिको खिलापमा जसरी एकपछि अर्को काम गरेको छ त्यसकाबिरुद्ध जनमत सिर्जना भएको छ। नेपाली कांग्रेसको अगुवाईमा संबिधानसभा मार्फत जारी भएको लोकतान्त्रिक संबिधान कम्युनिष्ट सरकारका कारण धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ। लोकतान्त्रिक बिधि र पद्धतिका खिलापमा देखिएका उसका गतिबिधिका कारण अन्तर्राष्ट्रिय समुदाय समेत सशंकित हुन पुुगेको छ।
संबिधान कार्यान्वयनका लागि जुन रफ्तारमा ऐन, नियमहरु बनाउनु पर्ने हो त्यस अनुसार सरकारले काम गरेको छैन। सरकारको नेतृत्व गरेको दल नेकपाका नेताहरुमा दुईतिहाईको धङ्धङी देखिएको छ। चुनाबमा जनतासामु गरेका बाचाबाट सरकार पछाडि हटेको छ।
सरकारको यस्तो गतिबिधिबारे मुस्लिम समुुदाय जानकार छ। र जागरुक पनि छ। उनीहरुको एउटै अपेक्षा छ, कांग्रेसका नेताहरु आएर बोलिदिउन्, हामी कांग्रेसको झण्डामा पछि लाग्न तयार छौं।