भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन्।
भाजपा पार्टी कार्यालय नयाँ दिल्लीमा नेपाली पत्रकारहरुको टोलीसँग कुराकानी गर्दै उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ। सम्बन्ध गतिशिल बनाउनुपर्छ। भारत सधैं नेपालको हित चाहन्छ।’ उनले आतंकवादविरुद्ध दुबै देशले सहकार्य गर्नुपर्ने बताए।
फरक प्रसंगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे। उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौँ। निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं।’