सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संगठित अपराध गरेकाले प्रतिबन्ध लगाउनु परेकाे स्पष्ट पारेको छ।
बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संगठित अपराध गरेकाले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले प्रचलित कानुनअनुसार नै विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको दाबी गरे।
संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानूनहरुलाई टेकेर सरकारले विप्लवसमूहमाथि प्रतिबनध लगाइएको मन्त्री बास्कोटाले बताए।
अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम
यसैबीच सरकारले सरकारले अवैध हतियार बुझाउन पनि आह्वान गरेको छ। प्रवक्ता बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिने निर्णय गरेको बैठकले निर्णय गरेको बताए।
बैठकले स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन आग्रह पनि गरेको मन्त्री बास्कोटाले जानकारी दिए। समयसीमाभित्र अबैध हातहतियार राखे वापत हुने सजाय मिनाह हुने छ।