नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत संग्रह मार्फत सिद्ध गर्ने भन्दै अझै हिड्ने गरेका कारण सरकार सीके राउतसंग नराम्ररी चुकेको बताएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तुले आज वाणगंगा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट् विखण्डनको नारा बोकेर हिडेका सीके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लब नेतृत्वको माओवादीलाई आतंककारीको विल्ला भिराउने वर्तमान सरकारको कार्य शैली प्रति आफूलाई पटक्कै चित्त नबुझेको नेता पौडेलले बताए ।
सो अवसरमा नेता पौडेलले विप्लब नेतृत्वको माओवादीलाई पनि प्रतिवन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्र विक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । सो अवसरमा पार्टी नेताहरु डा. रामशरण महत, दिप कुमार उपाध्याय लगायतले संगठन सुढृढिकरणको विषयमा पार्टी नेतृत्वको ध्यानआकर्षण गराउनु गराएका थिए ।