न्यूजिल्याण्डको क्राइस्टचर्चका २ वटा मस्जिदमा भीषण आक्रमण हुँदा ४९ जना मारिनुका साथै २० जना घाइते भएका छन्। क्राइस्टचर्च र अर्को एक मस्जिदमा आक्रमण भएको हो।
प्रधानमनन्त्री जेसिन्डा आर्डनले आक्रमणमा ४९ जना मारिएको पुष्टि गरेकी हुन्। आक्रमणपछि सबै मस्जिद बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन्। क्राइस्टचर्चका विद्यालयसमेत बन्द गरिएका छन्। आक्रमणमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरिएको छ।
नमाज पढेपछि आक्रमण भएको बताइएको छ। अल नूर मस्जिदमा क्राइस्टचर्चमा भोलिदेखि न्युजिल्याण्डसँग सुरु हुने तेस्रो टेस्ट क्रिकेट खेल्न पुगेको बंगलादेशी टोली पनि रहेको बताइएको छ। तर खेलाडी भने सुरक्षित रहेको उल्लेख छ। बंगलादेशका क्रिकेटर तमीम इकबालले ट्वीट गर्दै आफूहरु सुरक्षित रहेको बताएका छन् । तर घटनालाई भयाबहको रुपमा उनले उल्लेख गरे।
यस्तै टिमका प्रवक्ताले सबै खेलाडी सुरक्षित रहे पनि मानसिक रुपमा तनबमा रहेको उल्लेख गरेका छन्। तेस्रो टेस्ट रद्द गरिएको छ।प्रत्यक्षदर्शीहरुले बन्दुकधारीले मानिसरुलाई सिधै छातिमा गोली हानेर हत्या गरेको बताएका छन्। आक्रमण करिब २० मिनेटसम्म भएको थियो। घटनामा कम्तीमा ६० जना घाइते भएको हुन सक्ने ती प्रत्यक्षदर्शीले बताए। आक्रमणकारीले सुरुमा पुरुषहरु रहेको प्रार्थना कक्षमा गोली हानेको थियो भने त्यसपछि महिला कक्षमा गएको थियो।
न्यूजिल्याण्डका प्रधानमनन्त्री जेसिन्डा आर्डनले आजको दिन सबैभन्दा ‘कालो दिन’ भनेकी छन्। घटनापछि न्यूजिल्याण्डका सबै विद्यालय बन्द गरिएको छ। प्रहरी प्रमुख माइक बुशले विद्यालयसहित कार्यालय, पुस्तकालय बन्द गर्न निर्देशन दिएका छन्। आक्रमणमा को संलग्न छ भन्ने खुलेको छैन।