नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लबबीचको आरोप–प्रत्यारोप संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिजमबीचको भएको बताएका छन् ।
आज ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘भनिन्छ, दुइ गलतले सही गर्दैनन्, पूर्व क. प्रचण्ड र विप्लब दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ, समस्या व्यक्तिको नभएर विचारको हो, यो दन्तबझान संसदीय कम्युनिजम र उग्रपन्थी कम्युनिजमबीचको हो, इतिहासले दुवैलाई गलत साबित गरिसकेको छ, खाँचो नयाँ विचारको हो ।’
नेकपा अध्यक्ष दाहालले हिजो एक कार्यक्रममा विप्लबले आफूलाई मार्न टोली खटाएको जानकारी आएको बताएका थिए ।