राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा हिन्दु राष्ट्र पुनर्स्थापना गराएरै छाड्ने संकल्प गरेका छन्।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न राजधानीको भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले काठमाडौंबासीलाई जगाएर हिन्दूराष्ट्र पुनर्स्थापना गराउने संकल्प गरेका हुन्। उनले भने ‘हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्छौं, यो मेरो संकल्प हो।’
दोस्रो संबिधानसभा चुनाबमा जनताले हिन्दूधर्मका पक्षमा राप्रपालाई उल्लेख्य मत दिएको स्मरण गर्दै अध्यक्ष थापाले भने ‘तर हामी पटक पटक सरकारमा गएको जनतलाई मन परेन, त्यसैले म आज यहि मञ्चबाट जनतासंग माफी माग्दछु।’