राजधानीमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै उनीहरुले नेपालमा बिदेशी लगानीको अबस्था सन्तोषजनक नभएको भन्दै लगानीयोग्य वातावरण बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारले लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको र सम्मेलन सफल हुने विश्वास व्यक्त गरे। सरकारले प्रस्ताव गरेकोभन्दा बढि नै लगानीको प्रतिबद्धता आउने दाबी गरे। भट्टराईले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको जिकिर गरे।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व राजदुत डा. शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक नरहेको उल्लेख गरे।
विदेशी लगानी धेरै भित्र्याउनको लागि नेपालले प्रतिस्पर्धी वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। पूर्व अर्थसचिव तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भुषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको भन्दै यसलाई कर्मकाण्डीमात्र बनाउन नहुने तर्क गरे। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए।
उनले २०४९ सालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएको सुनाउँदै उक्त ऐन एकद्धार प्रणालीमा नै आधारित भएपनि यहाँ भनाई र गराईमा फरक रहेको अनुभब सुनाए।