प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने कार्यक्रम छ।
यसैगरी दिउँसो साढे १२ बजे विराटनगरमा उनले नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको जनाइएकाे छ।