नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन्।
ललितपुरको बालकुमारीस्थित कोठाबाट प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। आफ्ना छोराछोरीको कोठामा शुक्रबार साँझ पुगेका कार्कीलाई सोधपुछ गर्नु छ भन्दै प्रहरीले पक्राउ गरेको थियो।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सुरक्षा निगरानी बढाएको छ। ध्वंसात्मक गतिविधि बढाएको भन्दै सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउँदै हात हतियार ३५ दिनभित्र सरकारलाई बुझाउन आग्रह गरेको छ।