प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल हुने सम्भावना नरहेको बताएका छन्।
आइतबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयकाे जिम्मेवारी कसैलाई दिइने भएपनि मन्त्रिमण्डल नै फेरबदल नहुने बताएका हुन्। संस्कति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उक्त मन्त्रालय अहिले रिक्त छ।
नेतृत्वविहीन रहेको मन्त्रालयमा नयाँ मन्त्री छिट्टै बनाइने उनले बताए। उनले आफू मन्त्रिमण्डल फेरबदल गर्ने पक्षमा नरहेको समेत बताए।
फरक प्रसंगमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकताको विषय अन्तिमतिर पुगेको बताए। एकताका विषयमा सबै कुरा मिलिसकेको उनको दाबी छ।