उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजपासंग शक्ति निमार्णका लागि मात्र सहमती भएको भन्दै सरकार छाड्ने शर्त मान्य नभएको बताएका छन्।
विराटनगरमा आइतबार संचारकर्मीसंग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादबले भने ‘राजपासंग शक्ति निमार्णका लागि सहमती भएको हो, सरकार छाडने शर्त हामीलाई मान्य छैन।’ उनले राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदैंमा आफ्नो पार्टीले सरकार नछाड्ने बताए। मन्त्री यादबले भने ‘राजपासंग शक्ति निमार्णका लागि सहमती भए पनि हामी सरकार छाड्दैनौं।’
उपप्रधानमन्त्री यादवले शान्ति सुरक्षा खल्बल्याउन खोज्ने विपलव समुहलाई प्रतिवन्ध लगाएर सरकारले आफनो दायित्व पुरा गरेको वताए। उनले जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले कानुन विपरितका जुुनसुकै काममा सरकारले निषेध गर्ने उल्लेख गरे।
सिके राउतसंगको सम्झौतालाई गलत अर्थ लगाउन नहुने भन्दै उनले मुलुक विखण्डन गर्न खोज्ने समुहलाई राजनीतिक मुलधारमा ल्याउनु सरकारको सफलता भएको दाबी गरे। उनले सिके राउतले पनि आफुले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।