राजपा कारण अवरुद्ध भएकाे संसद बैठक सुचारू हुन नसकेपछि भाेलिलाई डाकिएको छ ।
गिरीशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज राजपा संसद बैठक अबरुद्ध गरेपछि १० मिनेटका लागि स्थगत गरिएको बैठक पुनः बस्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
आजकाे बैठक सुरु हुने वित्तिकै राजपा सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अबरुद्ध पारेका थिए । राजपासँग कुरा नमिलेपछि सुचना टाँसेर भाेलि दिउँसो २ बजेका लागि बैठक डाकिएको हो ।
रेशम चौधरी अपराधी हुन कि होइनन् भन्ने कुरा देश र जनतालाई थाहा दिन पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने राजपाका नेता राजेन्द्र महतोले बताए । उनले प्रतिवेदन सार्वजनिक नभएसम्म संघीय संसद बैठक चल्न नदिने अडान व्यक्त गरे ।
यसअघि बुधबार पनि राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । तर सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुनः रुलिङ गरेपछि बैठक पुनः सुरु भएको थियो ।
सभामुखको रुलिङलाई सरकारले नटेरेर संसदको मर्यादा घटाएको भन्दै राजपा सांसदले आक्रोस पोखेका छन् ।