सरकारसँग २४ फागुनमा भएको ११ बुँदे सहमतीपछि सीके राउतले पहिलोपटक कार्यकर्ता भेला गरेका छन्।
सहमतीबारे अगुवा कार्यकर्तालाई सम्झाउन स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार दिउँसोदेखि सिरहाको लहानमा सुरु भएको छ।
बैठकमा तराईमधेशका २२ जिल्लाका करिब दुई सय नेता कार्यकर्ता सहभागी रहेका गठबन्धनका राष्ट्रिय परिषद् सदस्य सुदीपराज कुशवाहाले जानकारी दिए।
लहान नगरपालिका–७ स्थित मारवाडीसेवा सदनको सभाकक्षमा जारी बैठकमा गठबन्धनको झण्डा र व्यानरको प्रयोग भएको छैन। बैठकमा सहभागी कार्यकर्तालाई नेपाली नागरिकता अनिवार्य गरिएको छ।
बैठकको सुरुवात नेपाली राष्ट्रियगानबाट गरिएको कुशवाहाको भनाई छ। सीके राउतले सरकारसँग गरेको ११ बुँदे सहमतीबारे कार्यकर्तालाई सम्झाउन कार्यकर्ता भेला गरिएको हो। नयाँ पत्रिकामा खबर छ। नयाँ पत्रिकामा खबर छ।