राजपा नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
सोमबार दिउँसो २ बजे बसेको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन्। बैठकको सुरूमै उभिएर विराेध जनाएपछि सभामुख महराले सांसद अनिलकुमार झालाई बोल्न समय दिएका थिए।
बैठकमा बोल्दै सांसद झाले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्व गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताए। उनले सरकारलाई आफूहरुले संसदमार्फत धेरै पटक ध्यानाकर्षण गराइसके पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न अटेरी गरेकाे बताए। उनले प्रतिवेदन सार्वजनिक नभएसम्म बैठकमा आफूहरुको अवराेध जारी रहने बताए।
सभामुख महराले यसअघि नै आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बस्न आग्रह गरेका थिए। तर, राजपाका सांसदहरुले उठेर विरोध जनाइरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।