सरकारका मन्त्रीहरुको व्यस्तताका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ।
सिंहदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यव्यस्तताका कारण बैठक अर्को दिन राख्न आग्रह गरेपछि मंगलबार सम्मका लागी सारिएको हो। बैठकमा बोलाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि अनुपस्थित थिए।
मन्त्रीहरुको व्ययस्ताका कारण बैठक नै स्थगीत गर्नुपरेपछि सांसदहरु भने आक्रोशित भएका थिए। सभापति कल्याणी खड्काले मन्त्रीहरुलाई मंगलबारका लागि समय निकाल्न भनेको र बैठक पनि स्थगित गरिएको जानकारी दिइन्।
बैठकमा पूर्वाधार निर्माणकाबारेमा छलफल गर्ने कार्यक्रम थियो।