बाह्र बर्षमा खोला पनि फर्किन्छ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै बुटवलको एक वैकले गुमेको आफ्नो भवन १२ बर्षपछि फिर्ता पाएकाेछ । तत्कालिन माओवादीले २०६१ सालमा वम हानेर क्षति पुर्र्याको वाणिज्य बैकको भवन माओवादीले ६३ मा कब्जा गरी आफ्नो कार्यालय स्थापना गरेको थियो ।
१२ वर्षपछि आज बैकका कर्मचारीहरु सुरक्षाकर्मीहरुको दलवलसहित पुगेर आफ्नो ताला लगाएर फर्किएका हुन् । उक्त घरमा माओवादी विभाजित भएपछि वैद्य माओवादी र त्यसपछि विप्लव माओवादीले कार्यालय राखेको थियो । सरकारले भर्खरै विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ताहरु सो कार्यालय छाडेका थिए । तर, कार्यालयमा समान्य कार्यकर्ता तथा पार्टिका झण्डा व्यानर लगायतका समाग्रीहरु थिए ।
बुटवलमा रहेको वाणिज्य वैकका कर्मचारीहरु वैकमा पुगेर माओवादीको ताला फोडेर वैकको ताला लगाएका छन् । प्रहरीले सो कार्यालयमा रहेका पार्टीका केही समाग्रीहरु लगेको प्रतक्क्षदर्शीले बताएका छन् । प्रहरीले कार्यालयमा राखिएको पार्टीको वोर्ड हटाएको छ । दुई तले सो भवनको तल्लो तलामा रहेका केहि मजदुरहरुलाई दुई दिन भित्र आफ्ना सबै समान लजान र घर खाली गर्न वैकका कर्मचारीहरुले आग्रह गरेका छन् । ति मजदुरहरु रिक्सा चालक तथा अन्य श्रमिकहरु रहेका छन् । उनीहरु सो स्थानमा लामो समयदेखि वस्दै आएका थिए ।
विगतमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय वाणिज्य बैंकको सो घर र घरसंगै रहेको जग्गा अन्तरगत आधा भाग मागेको थियो । बुटवलमा रातो घरको नामले परिचित भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौली शाखाको नाममा रहेको छ ।
११ कट्ठा क्षेत्रफल भएको जग्गामा बम बिस्फोटबाट क्षतिग्रस्त भएको दुईतल्ले भवन लामो समयदेखि अलपत्र जस्तै थियो । घर फोडफोड पछि सो पार्टिका नेताहरुले यसको उचित जवाफ दिने संक्षिप्त प्रतिक्रिया दिउका छन् ।
यता वाणिज्य बैक बुटवल शाखाका प्रमुख विनोद पाण्डेले आफुहरुलाई प्रशासनबाट घर खाली हुदै छ आफ्नो सम्पतीमा ताला लगाउनुस् भनेपछि ताला लगाएको बताए । उनका अनुशार उक्त स्थानमा नयां भवन निमार्णका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।