नेपाली कांग्रेसले लामो समयदेखि विवाद हुँदै आएको अनुशासन समितिको टुंगो लगाएको छ। केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई समितिको संयोजकमा चयन गर्ने सहमती भएको हो।
समितिका सदस्यहरुमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन्। बाँकी २ जना सदस्यको नाम बरिष्ठ नेता रामचन्द्र पौडेलले भोलिको बैठकमा दिने सहमति भएको छ।
भोलिको बैठकले निर्बाचन समिति गठन गर्ने र नेविसंघको नेतृत्व तोक्ने बिषयमा पनि निर्णय गर्ने बताइएको छ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थिए।