नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ।
विप्लव समुहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन्। ‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समुहका नेता रेशम नेपालीले भने।
फोन सम्पर्कमा आएका नेता नेपालीले जनताकालागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताए।
‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पुर्याउने छौं’–जिल्ला नेता नेपालीले भने–‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छाै।’ नेता नेपालीले कस्तो कारवाही भने खुलाउन चाहेनन्। पार्टी नीति बन्दै गएका तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावीस् गरेको छ। नेपाल समाचार पत्रमा खबर छ।