राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हालेका छन्।
महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हालेकाे राजपाले जनाएको छ। चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ।
तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउनुहुने छैनन्। २०७४ साल वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसकेका छन्।
गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ।