नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिएका छन्।
काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा उहाले पार्टी गुट–उपगुटमा विभाजित भएकाले आफूले आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने बताए।
फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले आजैका दिनबाट पार्टीभित्र एकताको खोजी गरिने उनको भनाई छ।
कोईरालाले कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन्।
उनले हिन्दू धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने समेत बताए। काग्रेसको चार तारामा एउटा तारा हिन्दू धर्मको रहेको तर्क गरेका थिए।