प्रदेश २ सरकारले होली पर्वको अवसरमा दुइदिन सार्वजनिक विदा घोषणा गरेको छ।
प्रदेश सरकारले चैत ७ र ८ अर्थात भोली बिहीबार र पर्सी शुक्रबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ।
मुख्यमन्त्री राउतले प्रदेश २ का साथै देश विदेशमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनी, दाजुभाईमा सुस्वास्थ्य र दिर्घायुको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
उनले समाजमा विद्यमान आपसी भाइचरा र सदभावलाई पर्वले थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री राउतले यस पर्वलाई शान्तिपुर्वक तरिकाले हर्षोल्लासपुर्वक मनाउन प्रदेशवासीमा आह्वान गरेका छन्।