दश बर्ष भित्रमा मुलुकको प्रमुख अर्थतन्त्र पर्यटनमा अधारित हुने प्रदेश नं. ५ का पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री लीला गिरीले बताएका छन्। आज कपिलबस्तुको कुदानमा आयोजना गरिएको निग्रोधाराम उत्सवमा मन्त्री गिरीले सो कुरा बताएका हुन्।
उनले जिल्लामा रहेका बुद्ध संग सम्बन्धित क्षेत्रहरुलाई व्यवस्थित गरेर यसलाई अन्र्तराष्ट्यि स्तरको गन्तव्यको रुपमा स्थापित गर्नु पर्ने बताए ।
मन्त्री गिरीले कपिलबस्तु, रुपन्देही र नवलपरासीमा रहेका पुरातत्वविक स्थालहरुको विकास गर्न सबै क्रियाशिल भई लाग्नु पर्ने बताए । साथै विगतका कमि कमजोरीलाई द्रुस्त पारेर प्रदेश सरकार अगाडी बढेको बताए । यी क्षेत्रहरुको विकासका लागि प्रदेश र स्थानिय तहको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष श्री अवधेश कुमार त्रिपाठी(भिक्षु मेत्तेयले भगवान बुद्ध, यहा हुर्केका एक बालक बुद्ध भएर फर्किदा पहिलो चोटी आफ्नो नगर आउदा भनेर शुरुवत गरेको पुण्य तिथिलाई लिएर र निग्राधा रामको महत्वलाई उजागर गर्न उत्सवको आयोजना गरिएको बताए।
लुम्बिनी विकास कोष लुम्बिनी गुरु योजना पुरा गर्न बनेको थियो । लुम्बिनी गरु योजना ४० बर्ष सम्मा पुरा न हुदा अन्य ठाँउको विकास गर्न न सकेको कोषका उपाध्यक्ष त्रिपाठीले बताए । उनले भन्नुभयो सरा बजेट, सरा ध्यान लुम्विनी मुखी आएको हुनले यहाको विकास गर्न न सकेको बताए ।
लुम्बिनी गुरु योजना छिट्टो भन्दा छिट्टो सम्पन्न गरिनु पर्छ र रामग्राम, तिलौराकोट, कुदान, निग्लिहवा, गोटीहवा लगायत सम्पूर्णको विकास गर्न मास्टार पालन बनाएर यसको विकास गर्न जरुरी रहेको कोषका उपाध्यक्ष त्रिपाठीले बताए । उनले भन्नुभयो आउने ६ महिनामा लुम्बिनी गुरु योजना पुरा हुने बताए ।
कपिलबस्तुको विकास गर्नलाई लुम्बिनी विश्व सम्पदा सुचिमा सुचिकृत भएपछि लुम्बिनीको विकासमा गतिलिएको देखिएको छ । कपिलबस्तुको विकास गर्नका लागि, कपिलबस्तुलाई दोस्रो विश्व सम्पदा अर्थत भगवान गौतम बुद्धले २९ बर्ष विताएको तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न यसको विकासमा टेवा पुग्ने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।
प्रदेश नं. ५ का सामाजिक विकास समितिका संयोजक दृर्घनारायाण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव, रिना नेपालले बुद्ध संग सम्बिन्धित सम्पुर्ण क्षेत्रको विकास गर्न पटक पटक हामी सदनमा आवज उठाएको बताए ।
निग्रोधाराम बौद्ध धर्म दर्शनको एक पवित्र स्थल हो । गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पछि कपिलवस्तु फर्कदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेका थिए । चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि कुदानमा राजा शुद्धोदनलाई दर्शन दिई पत्नी यशोधरा, ठुली आमा प्रजापति र छोरा राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ । त्यस्तै यहा देबदत्त र सिद्धार्थ बीच हाँसको बिषयलाई लिएर बिबाद हुदा यसै स्थानमा राजा शुद्धोधनले न्याय दिईएको वौद्धकालीन ईतिहासमा उल्लेख गरिएको छ ।
कामर्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल, प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनी, लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य द्धव राजेश ज्ञवाली, अमेरिका कोहार, कपिलबस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उप प्रमुख लक्ष्मी गुप्ता, वडा अध्यक्ष राम भजन कलबार, नेपाली कांग्रेसका पुर्व पर्टी सभापति सुधाकर पाण्डेय, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, नगर चेम्बर अफ कर्मसका अध्यक्ष गोपी कृष्ण शर्मा लगायतका पार्टी प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।