सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र सत्तापक्षीय दलको आन्तरिक विवादले मुस्लिम आयोगको अध्यक्षमा सिफारिश भएका बिबादास्पद समिम अन्सारी संसदीय सुनुवाइ समितिबाट अनुमोदन नभइकनै अध्यक्ष पदमा नियुक्त भएका छन्।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को दफा २६ अनुसारमा सुनुवाइ समितिले सिफारिश व्यक्तिको नाम पाएको ४५ दिनसम्म कुनै निर्णय नगरे सरकारले उनलाई पदमा नियुक्त गर्न बाधा नपर्ने उल्लेख छ।
नागरिकता र शैक्षिक प्रमाणपत्र लगायतका बिषमा बिबादास्पद अन्सारीको नाम सोही व्यबस्था अनुसार मुस्लिम अध्यक्षमा सिफारिस गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार अन्सारीसहित विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन्।
राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई नियुक्त गरेकी हुन्।