संवैधानिक परिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेकोछ ।
सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको हो । सचिव थपलियाले सचिव पदबाट आज नै राजीनामा दिएको बुझिएको छ ।
निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मा हिजो मात्र अवकास भएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । यस्तै बैठकले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले जानकारी दिए । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिऐ । कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको तिमिल्सीनाले बताए ।
परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा दुई जनाले नियुक्ती पाउनेछन् । संवैधानिक परिषद्को सिफारिसमा सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सिफारिस गर्ने व्यवस्था छ ।