उपप्रधानमन्त्री एंव रक्षामन्त्री इश्वर पोख्रेलले विप्लव मोओवादीले हतियार नबिसाएसम्म वार्ता हुन नसक्ने बताएका छन् ।
विराटनगर बिमास्थलमा आज संचारकर्मीसंगको कुराकानीमा मन्त्री पोख्रेलले हतियार बोक्ने बम पड्काउने कार्य जारी राखेकाले विप्लवसंग बार्ताको सम्भावना अहिले नरहेको बताए ।
उनले विप्लव माओवादीले हतियार विसाएको शान्तीपूर्ण गतिविधीमा आएको खण्डमा भने बार्ता गर्न सरकार तयार रहेको बताए । विप्लव समुहले वार्ताका लागि पहिले हतियार बिसाउनु पर्ने वताउदै बम पडकाएर ,जनतालाई त्रसित वनाउने कार्य नरोकेसम्म वार्ता हुन नसक्ने उनले प्रष्ट्याए ।
साथै उपप्रधामन्त्री पोखरेलले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न नखोजेको भन्दै विप्लव समूहलाई भने उस्का अराजक क्रियाकलापका कारण प्रतिबन्ध र निषेध गर्नु परेको समेत प्रष्ट पारे। सरकारको काम मुलुक संवृद्धि र सुशासन र शान्ति सुरक्षा सुद्धिढ वनाउनु रहेको भन्दै संविधान विपरित गरिने कुनैपनि गतिविधी सरकारलाई मान्य नहुने उनले बताए ।