नेपाली काँग्रेसका उपसभापती विजयकुमार गच्छदारले संवैधानिक परिषदको हिजो भएको निर्णय सच्याउनुुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस मोरङद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी दलका नेता परिषदको पदेन सदस्य हुुने भएकाले कुुनैपनि निर्णय सहमतिको आधारमा हुुनुुपर्ने बताए ।
मुुलुुक संचालनकालागि सहमतीको आधारमा निर्णय हुुनुुपर्नेमा उनले जोड दिए । नेता गच्छदारले सहमती र वार्तावाटै सवै विषयको समाधान हुुने भएकाले नेकपा विप्लव समूहलाई वार्ता र छलफलमा ल्याउने राज्यकोको जिम्मेवारी भएको वताए । उनले मुडभेड र द्वन्दवाट समस्याको समाधान नहुुने समेत बताए ।
नेता गच्छदारले सरकारी प्रतिनिधिसंग विप्लव समूहले वार्ता गर्दिन भन्नु गलत भएको वताउदै मुलुकमा हत्या हिंसा, आतंक र तोडफोड छोडि शान्तिवार्तामा आउनुुको विकल्प नभएको बताए ।
वर्तमान संविधानलाई स्विकार्य र सर्वमान्य वनाउन विगतमा मधेशवादी दलसंग स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भएको सहमती कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए।
उपनेता गच्छदारले टिकापुर घटनाका सम्वन्धमा लाल आयोगको प्रतिवेदन सार्वजनिकवाट नै घटनामा को को संलग्न छन् भन्ने प्रष्ट हुने बताए ।
उनले नेपाली काँग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको प्रष्ट पार्दै धर्मका सम्वन्धमा जनमतसंग्रह गर्ने पार्टीका जिम्मेवार तहवाट आएको विचार व्यक्तिगत भएको र यससम्वन्धी विषय केन्द्रीय समितिमा प्रवेश समेत नभएको जानकारी दिए ।