प्रदेश २ का आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले श्रम तथा रोजगार कार्यालय जनकपुरमा छडके अनुगमन गरेका छन् ।
अनुगमनमा कार्यालय पुगेपछि उनी कयौँ दिनदेखि श्रमस्वीकृतिकालागि धाइरहने र भोकै विहानै तीनबजेदेखि नै लाइनमा बसेका सेवाग्राहीबाट घेरीए । राहदानि, टिकेट, श्रमकालागि भरेको अनलाइन फारम लगायतका कागजात देखाउदै श्रम कार्यालयको बेथिती, कर्मचारीको लपारवाहि, १२ दिन सम्म कार्यालय धाउदा समेत काम नभएको, विचौलियाले घुस मागेको पिडा सेवाग्राहीले मन्त्री यादवलाई सुनाए । श्रम कार्यालयको परिसरमा उपस्थित सेवाग्राही एक स्वरमा कार्यालय सुधारकालागि मन्त्रीसँग आग्रह गरे ।
श्रम कार्यालयका प्रमुख मनोज यादव र कम्प्युटर अपरेटर सरोज यादवले सेवाग्राहीलाई कुटपिट गरेको र विचोलिया मार्फत कार्यलय सञ्चालन भएको स्पेसखबरमार्फत खुलासा भएपछि श्रम कार्यालय पुग्दा मन्त्री यादवलाई सेवाग्राीले घरेर कार्यालयको बेथिती सुनाए । कर्मचारीको आवरणमा सेवाग्राहीलाई कुटने र ठग्ने कार्य सुधार नभए जनकपुरबाट कार्यालय नै हटाउन सेवाग्राहीले माग गरे । वैदेसिक रोजकारका लागि श्रम स्वीकृती लिन आएका सेवाग्राही कार्यालय सुधार नभए बन्द गराउन माग समेत गरे ।
सेवाग्राहीले साउदी जान फागुन २८ गते नै श्रम गराउन आएपनि श्रम स्वीकृती पाउन नसकेको मन्त्री यादवलाई गुनासो गरे । श्रमका कर्मचारीको लपावाहिले श्रम स्वीकृती नपाएको यादवले मन्त्रीलाई गुनासो गरे ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको श्रम स्वीकृतिको सहजताका लागि स्थापना गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरमा बिचौलियाहरुको बिगबिगी छ । सहज ढंगले काम गराउन आउँदा कर्मचारीले कैयौं दिन कुराउने हुँदा सेवाग्राही पनि सजिलै विचौलीयाको चंगुलमा फँस्छन् । कहिले विद्युत भोल्टेजको बहाना त कहिले उपकरणमै गडबडी भएको लगायतका बहानामा कर्मचारीले सेवाग्राहीलाई अनाहकमा दुःख दिँदै आएको गुनासो सुनेपछि मन्त्री यादवले सुधारकालागि पहल गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौंमा बढदो भिड र झन्झटिलो प्रकृयाका कारण सरकारले हरेक प्रदेशमा बैदेशिक रोजगारमा जानेका लागि श्रम तथा रोजगार कार्यालय तीन महिना अघि स्थापना भाएको हो । पुस १५ गतेदेखि जनकपुरमा सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय तीन महिनामै ‘घुसको अड्डा’ बनेको छ ।
यसअघि जनकपुरको मुरली चोक र क्याम्पस चोकको बीचमा रहेको कार्यालय अहिले राराव क्याम्पसको पुर्व उत्तर एकान्त कुनामा सारिएको छ । प्रदेश २ का आठ जिल्लाबाट आउने सेवाग्राहीलाई कार्यालय खोज्नै समस्या हुने स्थानमा सारिएपछि कार्यालय सार्ने नाउमा मोटो रकमको चलखेल भएको अरोप छ । कार्यालय एकान्तकुनामा किन सारिएको विषयमा पनि बुझ्ने मन्त्री यादवले बताए ।