जंगल तथा सिमा क्षेत्रमा नेकपा विप्लव समूहबाट हुन सक्ने गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्नकालागि भन्दै अर्घाखाँची र प्युठान जिल्लामा बसेकाे सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकाबांगमा सम्पन्न भएको छ ।
खासगरी ग्रामिण एवं जंजल क्षेत्रमा विप्लवको गतिविधी वढि भएको निश्किर्षका साथमा सुरक्षा प्रशासनले सजगता अपनाउन थालेको हो । त्यसका लागि एक जिल्लाले अर्को जिल्लाको समन्य बढाउने उदेश्यले वैठकहरु भएका छन् ।
दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको सिमानामा रहेको ढाकाबांग प्रहरी चौकीमा दुइ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको अघांखाचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए ।
नेकपा बिप्लव समूहवाट हुनसक्ने गैरकानी क्रियाकलाप नियन्त्रण र कारबाही , बर्तमान समसामयिक शान्ति सुरक्षा , अपराध अनुसन्धान , विपद ब्यबस्थापन लगायतका विषयमा संयुक्त सुरक्षा बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताए ।
दुइ जिल्लाको सिमाबाट हुने अपराधीक गतिविधि नियन्त्रण र दुइ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले बनाउने योजनाका विषयमा पनि बैठकमा छलफल भएको थियो । द्धन्द्धको समयमा अर्घाखाँची दुइदुइ पटक सम्म आक्रमणमा परेको थियो ।
बैठकमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्युठानका प्रमुख जिल्ला अधिकारी बुद्धिनाथ गैरे, अर्घाखाँचीका प्रहरी प्रमुख नवराज मल्ल, प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकी, अर्घाखाँचीका सेना प्रमुख निरज भण्डारी, प्युठानका सेना प्रमुख निरजराज पाण्डे, प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञेशवर पन्थी, अर्घाखाँचीका सप्रजिअ विक्रम थापा लगायतको उपस्थिति रहेको थियो । यस भन्दा अघि गुल्मी र दांग जिल्लाका सुरक्षा अधिकारीहरु संग पनि बैठक सम्पन्न भैसकेको प्रमुख जिल्ला अधिकारी लामीछानेले जानकारी दिए ।
विप्लवका नेताहरु धमाधम गिरफ्तार
बुटवल । नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले यसका नेता तथा कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ । प्रहरीले लुम्बिनी क्षेत्रमा पनि विप्लव समूहका नेतृत्व तहमा रहेकादेखि विभिन्न पेशा व्यवसायमा रहेका समर्थकसमेतलाई पक्रन थालेको छ ।
प्रदेश ५ को राजधानी रूपन्देहीमा एक सातामा ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन । रूपन्देही प्रहरीले एक साताको अवधिमा विप्लव समूहका जिल्ला सदस्य इन्द्रकुमार यादव प्रदेशी, योगेन्द्र यादव, युवराज न्यौपाने, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रामजी आचार्य, इलाका सदस्य रेशम खाँण र शेरबहादुर रानालाई पक्रेको छ ।
केन्द्रीय नीति अनुसार विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लवको बर्चस्व रहेको भनिएको क्षेत्रमा प्रहरीले बढि नै निगरानी बढाएको छ । कपिलबस्तु, रुपन्देही र नवलपरासीमा प्रहरीले बढि निगरानी बढाएको बताइएको छ ।