प्रदेश दुई सरकारले बारा र पर्सामा हावाहुरीबाट मृतकका परिवारलाई क्षतिपुर्ति दिने भएको छ।
घाइतेको सबै उपचार खर्च पनि प्रदेश २ सरकारलेनै व्यहोर्ने जनाइएको छ।
आइतबार राति आएको हावा हुरीका कारण वारामा २७ र पर्सामा १ जनाको मृत्यु भएको छ। अहिले पनि उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
प्रदेश २ सरकारको आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई ३ लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको जनाइएको छ।