नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको आँधी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका छन्।
भैरहवाबाट हेलिकोप्टरमार्फत आज विहान प्रभाबित क्षेत्रमा पुगेका सभापति देउवाले बीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन्।
सभापति देउवाले घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सकहरुलाई आग्रह गरेका छन्। उनले राहत र पुनस्र्थापनामा सबै एकजुट भएर अघि बढ्न सबैलाइ आग्रह गरे।
नारायणी अस्पतालमा रहेका विरामीको अवस्था बुझेपछि देउवा आँधीबाट बढी प्रभावित बाराको फेटा जादैछन्। त्याँहा पुगेर सभापति देउवाले पीडित परिवारसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
आइतबार राति बारा र पर्सामा आएको आँधीले फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको थियो। उक्त आँधीमा परी अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ।