गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले गित गाउँदैमा राजतन्त्र नर्फकने दावी गरेका छन्। लमजुङमा शुरु भएको १२ औँ राष्ट्रिय बुद्ध सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले राजतन्त्रले कोल्टे फेर्ने सपना नदेख्न केही तत्वहरुलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री गुरुले शान्ति विकासको पहिलो सर्त भएको बताए। धर्ममा एकता आवश्यक रहेको तर्क गर्दै उनले धर्मले नै मुलुकमा मित्रता र मैत्रीभाव कायम राख्नुपर्ने बताए।
धर्मोदय सभा केन्द्रीय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा आजबाट सम्मेलन शुरु गरिएको हो। सम्मेलनमा ६५ जिल्लाका प्रतिनिधीले सहभागीता जनाएका छन्। धर्मादय सभाको नियमित कार्यक्रम अन्र्तगत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा गरिदै आएको राष्ट्रिय बुद्ध सम्मेलन यो वर्ष लमजुङमा गरिएको हो। पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय सम्मेलनले धार्मिक पर्यटन अभिवृद्धिको लागि सहयोग पुग्ने आयोजकको विश्वास छ।
सम्मेलनमा शान्ति पद यात्रा, बुद्धको सरोकार र भुमिकाबारे कार्यशाला गोष्ठी, घोषणा पत्र जारी, बुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रालगायत विविध साँस्कृतिक कार्यक्रमसमेत गरीने भएको छ। शान्ति र अहिंसाको प्रतिक गौतम बुद्धबारे धेरै नेपालीलाईसमेत ज्ञान नभएको हुँदा राष्ट्रिय रुपमा बुद्ध सम्मेलन गर्न आवश्यक रहेकाले सम्मेलन गरिएको आयोजकको दावी छ।