प्रदेश ५ सरकारले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
यस्तै आइतबारको बैठकले क्यान्सरको उपचार गराइरहेका प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरिएको छ ।