नयां शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ठुलो पार्टिमा छिट्टै पहिरो जाने बताएका छन् । उनले ठुला पार्टिहरुमा भागवण्डा नमिलेर कलह शुरु भएको भन्दै छिट्टै उनीहरु विभाजित हुने जिकिर गरे ।
उनले आउँदो चुनावअघि नै नेकपा र कांग्रेसमा ठूलो पहिरो जाने दावी गरेका हुन् । ।नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको उनको आरोपछ । अज बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै डा. भट्टराईले ठूला पार्टीबाट फुटेर आउनेहरु सबैलाई पार्टीमा समावेश नगर्ने पनि बताए ।
नेकपाको २ तिहाई बहुमतको सरकारले जनताको मन जित्ने गरी कुनै काम गर्न नसकेको बरु एकपछि अर्को ठूलो भ्रष्टाचारमा मुछिएकाको उनको आरोपछ । यसवाट सांचो अर्थमा समृद्धि हासिल हुन नसक्ने भट्टराईले दाबी छ ।नयां शक्ति पार्टी एक डेढ वर्ष्भित्रै पुराना दलहरुको विकल्पमा भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने पनि उनले बताएका छन् ।
पार्टी घोषणाका बेला ठूलो संख्यामा मान्छेहरु बाबुरामको पछि लागेपछि ह्वात्तै सत्ता स्वार्थ लिन पाइन्छ भनेर आएको तर समय लाग्ने देखेपछि टिक्न नसकेको उनको भनाईछ । उनले केही असल र राम्रा मान्छे पनि आएर छाड्दा भने दुख लागेको स्मरण गरे ।
तस्कर, बिचौलिया र भ्रष्टहरुसंग चन्दा सहयोग नलिन नेता कार्यकर्तालाई निर्देशन दिंदै भट्टराईले एक दुई वर्षसम्म आफैं पार्टीमा लगानी गर्न आग्रह गरे ।