राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् ।
संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप लगाए ।
विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाड्ने षडयन्त्रका बिरुद्द जनतालाइ संगठित गरी खवरदारी गर्नुपर्ने बताए ।
अखिल नेपालशिक्षक संघको आज बुटवलमा आयोजित पांचौ राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले छलफलको लागि संसदमा रहेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए ।
अहिले संसदमा रहेको नागरिकताविधेयकखारेज गर्न नसकिए नेपालमाविदेशीको बहुमतहुने र नेपालीजनताअल्पमतमा पर्ने अध्यक्ष केसीको दावी छ ।
नागरिकताको विषयमा सरकार विदेशीबाट प्रभावित भएको उल्लेख गर्दै अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने गरी संसदमा रहेको विधेयकपास भएमा देश हेर्दाहेर्दै फिजि, सिक्किम हुने खतरा रहेको बताए ।
नागरिकता बाड्नका लागि सरकारले क्याविनेटबाट निर्णय गरेर सिडियोलाई सर्कुलर पठाएको उल्लेख गर्दै जो पायो त्यसैलाई नागरिकता दिंदा भोलि देश संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ ।
सरकारको गलतकामले नेपाली भोलि अल्पमतमा पर्ने भएकाले सचेत रहन आग्रह गर्दै चर्चामा आउन आफुले यस्तो कुरा नगरेको बताए । अंगिकृत नागरिकता पाएकालाई वंसजको नागरिकतादिने कार्य देशको लागिघातक हुने बताए ।
वर्तमान शिक्षा प्रणाली गलत भएकाले खोरज गरी नयां शिक्षा प्रणाली बनाउनुको विकल्प नभएको पनि उनले बताए । उनले शिक्षा प्रणाली गलत भएकै कारण देशमा शैक्षिक बेरोजगार बढेको दावी गरे । शिक्षा प्रणाली स्वार्थी र मतलवी भएकाले खारेज गर्नुपर्ने बताउंदै सिमित मान्छेले शिक्षा, स्वास्थ्यमा ब्रमाहलुट गरेको आरोप लगाए ।