राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ ।
संविधान संशोधन, जन्मसिद्ध नागरिकका सन्तानलाई वंसजको आधारमा नागरिकता दिन, रेशम चौधरी लगायतका आन्दोलनकारीलाई तत्काल रिहा गर्न, लाल आयोगको प्रतिवेदन सावंजनिक गर्नुपर्ने लगायतका ९ बुँदे माग सहित राजपाले आन्दोलनको घोषणा गरेको हो । पार्टीले राखेको माग पुरा गराउन दबाब स्वरुप सबै जिल्लामा अगामी चैत्र २९ गते प्रदर्शन र कोणसभा गर्न सर्कुलर जारी गरेको छ ।
संघीय सरकारबाट समर्थन फिर्ता लिएकै दिन राजपाले आन्दोलनको तयारी भैरहेको जनाएका थिए । संविधान संशोधन गर्न नचाहेको भन्दै ओली सरकारबाट राजपा असन्तुष्ट बनेकै बेला साँसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि सरकारबाट समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएको थियो ।
यस्ताे छ विज्ञप्ति