पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले पत्रकारको हितमा केन्द्रित भई सूचना, प्रविधिसम्बन्धी ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाएका छन् ।
उनले सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन चीन-भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफलका लागि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । काठमाडौंको टुँडिखेलमा बिहीबारदेखि सुरु ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो’ को उदघाटनका क्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्न जरुरी रहेको बताए ।
एक्स्पोमा प्रिन्टिङसम्बन्धी सामग्री, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ प्रविधिहरु राखिएका छन् ।